Original price was: ₨ 349.00.₨ 314.00Current price is: ₨ 314.00.
Allopathic Chikitsak dekhi Aadhyatmik Yatra
Description
पछिल्लो बाहिरी पृष्ठबाट
लामो समय पत्रकरीतामा आवद्ध अर्जुन ज्ञवाली, राष्ट्रिय-अन्तराष्ट्रिय पत्रपत्रिकाहरूमा राजनीतिक, धर्म-संस्कृति, राष्ट्रियता सम्बन्धमा कलम चलाइरहनुहुञ्छ । उहाँले ‘बैदिक साम्यवाद-योगीनरहरिनाथ, बाइबल र माओवाद, वर्णविन्यासघातीहरू कानूनको कठघरामा ‘ लगायतका पुस्तकहरूमा सहलेखन गर्नु भएको छ । ‘महायोगी गुरु गोरखनाथ अवतरण र नेपाल एकीकरण, नारायणहिटी हत्याकाण्ड सेना र माओवाद’, गोरखनाथ दर्शन, महायोगी गुरु गोरखनाथ र नेपाल, बीपी, बाइबल र कांग्रेस, मत्स्येन्द्रनाथ पुस्तक प्रकाशित छन् ।
हुन त महान् योगी सन्तहरुको आदि र अन्त्य हुँदैन । तथापि खप्तड बाबाको भौतिक शरीर छोडेको वि.सं. २०५३ सालसम्म आइपुग्दा १८७ वर्ष हुन आउँछ । डा. स्वामी प्रपन्नाचार्यले खप्तड बाबासँग लिएको अन्तर्वार्ता अनुसार तिब्रीकोट त्रिपुरासुन्दरीको मन्दिरमा ५ महिना, मुगुशयन गाउँको छायाँनाथ हिडी मोक्षको मन्दिरमा ५ महिना, कर्णाली अञ्चलको कालिकोट जिल्लाको चिल्खामा ५ महिना बस्दाको समय डेढ वर्ष देखिञ्छ । खप्तड बाबाले भौतिक शरीर छोडेपछि विभिन्न पत्र, पत्रिकाहरुमा ११२ वर्ष ११३ वर्ष उमेर भनेर लेखिएका कुराहरु अपुष्ट र खोजविनाका भ्रामक हुन् ।