Original price was: ₨ 450.00.₨ 400.00Current price is: ₨ 400.00.
Description
पुस्तकको बारेमा
‘मिराज’ उपन्यासमार्फत साहित्यको संसारमा प्रवेश गरेका कृष्ण ढुङ्गेल साहित्यिक पत्रकार तथा स्तम्भकार हुन् । साहित्यिक अनलाइन पोर्टल ‘साहित्यपोस्ट’का सम्पादकसमेत रहेका ढुङ्गेल छरितो भाषा, सूक्ष्म दृष्टि र ललित अभिव्यक्तिका लागि चिनिएका छन् । उनको बाल्यकाल, किशोरवय र स्कुले जीवनका मिहिन, रोचक, प्रभावशाली र स्मरणीय घटना–परिघटनाका शृङ्खलाबद्ध आलेख नै ‘समयको नक्साबाहिर’ हो । यसमा उनको व्यक्तित्व तथा विश्वदृष्टि प्रस्ट आएको छ । नेपालको सुदूरपूर्वी जिल्ला झापाको सेरोफेरोको सुन्दर पृष्ठभूमिमा उभिएको यस कृतिले अति सामान्यता, अभाव र भयलाई चिरेर एउटा मान्छे कसरी आत्मबलको सिँढी चढेर निरन्तर आत्मविश्वास र उचाइतिर उन्मुख हुन सक्छ भन्ने देखाउँछ । कृतिले युवा पाठकलाई विशेष ध्यानमा राखेको प्रतीत हुन्छ, यद्यपि यो सबैका लागि पठनीय छ । पाठकले कृतिभित्र आफ्नै सुदूर अतीतको प्रतिविम्बन भेट्टाउनेछन् ।