Description
पछिल्लो बाहिरी पृष्ठबाट
शून्यको हृदयभित्र धड्किरहेछ –
धड्कन त्यही धड्कनको चालमा छ –
सिङ्गो ब्रह्माण्ड हामी त घामको धुलो न हौ
अस्तित्वको एउटा कण
आफ्नै लयमा घुमिरहने ग्रह
आफ्नै भयमा भागिरहने मान्छे
यहाँ कोही एक्लो छैन दृश्य र अदृश्यको बीचमा छ-
सह-अस्तित्व दर्शनको अनन्तता,
विज्ञानको गहिराइ चेतनाको व्याप्तिं,
हृदयको अनुभूति जति विशाल छ–
फैलिएको आकाश त्यति नै उज्यालो छ-
आत्म प्रकाश छिचोल्नै नसकिने रहस्यको
यो ब्रह्माण्ड हो – अस्तित्वको !



