Original price was: ₨ 375.00.₨ 335.00Current price is: ₨ 335.00.
बाल उद्घोषण तथा क्षमता विकास पुस्तकले निर्माण गरेको विशिष्ट संसारमा घुम्दा भेटिए जीवनबोधका उपायहरू। जहाँ समेटिएका केही पाठ हेरौं गर्व गरौ तर घमन्ड कहिल्यै नगरौं । आफैसँग सिक्ने गरौं। प्रकृति र सङ्गीतमा रम्ने गरौं । स्पष्ट लक्ष्यका साथ अघि बढौं । यी र यस्तै अमूल्य विचारहरू यस पुस्तकभित्र छन् । एकै कृतिमा यति महत्त्वपूर्ण सिर्जनात्मक सामग्री पस्किन सक्नु लेखकको खुबी हो। कृतिले आशावादी जीवनचरित्र निर्माण हेतु प्रशस्त खुराक दिएको छ । यसले अभिभावक, शिक्षक, विद्यार्थी २ समस्त पाठकवृन्दमा नयाँ उर्जा सञ्चार गरेको छ । यसले असल मान्छे बन्न चाहिने व्यावहारिक सिप बताई सक्रिय हुन पनि प्रेरित गरेको छ । समग्रमा यस पुस्तकभित्र लेखकले बालबालिकासँग आत्मीयता साटेका छन्, सहृदयी स्नेह बाँडेर अभिन्न मित्रभाव व्यक्त गरेका छन् । उनी बालहृदयभित्र पस्न चाहन्छन् ।
Description
हामी मानिसको जीवनपद्धति सामाजिक मूल्य अनुकूल जिउने हुन्छ । मानिस सभ्य संस्कारयुक्त प्राणी भएकाले तदनुकूल शिष्ट शालीन जीवन रूचाउँछ । यै रुचिलाई अझ सशक्त र सुव्यवस्थित बनाउने गरी औपचारिक कार्यक्रमहरू सञ्चालन गर्ने विधि सिकाउने व्यवहारोपयोगी पुस्तक हो बालोद्घोषण तथा क्षमता विकास । यसका लेखक भाषण-कलाका कुशल प्रशिक्षक हुन् । यस विषयमा उनले धेरै प्रशिक्षार्थीलाई प्रशिक्षित गरिसकेका छन् । शङ्करकुमार प्रधान भाषण तथा वतृत्वकलासँग सम्बन्धित विषयमा धेरैओटा पुस्तक प्रकाशन गरी लोकप्रियता हासिल गरेका जुझारू प्रतिभा हुन् । यिनै सक्रिय प्रतिभावान् स्रष्टाले बालप्रतिभाहरूको प्रतिभा प्रस्फुटनका लागि मिहिनेतपूर्वक तयार पारेको सुन्दर कृति हो यो । मलाई विश्वास छ, यसबाट लक्षित पाठकहरू पर्याप्त लाभान्वित भई संसार सजाउनेछन् ।
डा. छायादत्त न्यौपाने
बाल उद्घोषण तथा क्षमता विकास विद्यालय तथा महाविद्यालय स्तरका छात्र-छात्राहरूमा जिज्ञासा जगाउँदै तिनको व्यक्तित्व विकास तथा अन्तर्निहित क्षमता अभिवृद्धिका लागि निकै परिश्रमपूर्वक तयार पारिएको पुस्तक हो। किशोरवयका बालबालिकाहरूलाई व्यवहारकुशल, सक्षम तथा असल व्यक्तित्वका रूपमा विकास गर्ने पवित्र उद्देश्यले यस फाँटमा वर्षीदेखि क्रियाशील अनुभवी प्रशिक्षक लेखक श्री शङ्करकुमार प्रधानले सुन्दर समाज निर्माणका लागि गरेको यो सार्थक मेहेनतबाट बालबालिका सुन्दर र असल बन्दै बनाउँदै लाभान्वित भइरहुन् ।
महेश पौडेल, बाल साहित्य सर्जक