Draupadi

Sale!

Original price was: ₨ 525.00.Current price is: ₨ 472.00.

द्रौपदी

शदीऔं पुरानो पुरुष-सत्ताको जगलाई जरैदेखि हल्लाइदिने प्रखर नारीवादी उपन्यास हो- ‘द्रौपदी’ |

उपन्यासमा महाभारतका प्रमुख पात्रमध्येकी द्रौपदीलाई आजको परिवेशमा प्रस्तुत गरिएको छ । यसभित्रको नारी-मनोविज्ञानको चित्रणले मै हुँ भन्ने पुरुषहरूलाई समेत भित्रैसम्म हल्लाउँछ । आफ्नो तुच्छ स्वार्थ र अहङ्कारको तुष्टिका लागि महिलाको ममत्व र करूणालाई कुल्चन पछि नपर्ने पुरुष मानसिकतालाई डा. प्रतिभा रायले निकै मीठोसँग धज्जी उडाएकी छिन् ।

पढेपछि यहाँले पक्कै भन्नुहुनेछ- “यस्तो शक्तिशाली उपन्यास यसअघि पढेकै थिइनँ ।”

Category:

Description

Book by : Dr Pratibha Ray, Translated by Bindya Subba

‘द्रौपदी’ द्वापरयुगमा महाभारतका घटना र चरित्रहरूमा आधारित उपन्यास हो । चरित्रहरूमा सर्वोपरी छन्, महानायक कृष्ण र नायिका कृष्णा उर्फ याज्ञसेनी, उर्फ द्रौपदी । कृष्ण र कृष्णाबीचको आध्यात्मिक प्रेम (Spritual Love) यस उपन्यासको सुन्दरतम पक्ष हो । ‘द्रौपदी’ भित्र नायिका कृष्णाको चारित्रिक दृढता र उनले जीवनमा भोगेका चरम दुःख, विपद्, अपमान र सामना गरेका अनन्य परीक्षा र कठिनाइहरूले प्रत्येक पाठकको मनमा एउटा हलचल मच्चाइदिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *