Falkland Journal

Sale!

Original price was: ₨ 325.00.Current price is: ₨ 292.00.

Category:

Description

खोटाङको डम्बर्खु , शिवालयमा २०१७ सालमा जन्मेका गणेश राई स्कुले जीवनदेखि साहित्यलेखनमा लहसिएका थिए । तर, बेलायती गोर्खा सेनामा आबद्ध भएपछि उनको साहित्यकर्म प्रेरणा र प्रकाशनको अवसरबाट वञ्चित भयो । कलमको ठाउँ राइफलले लियो । फौजी जीवनबाट सेवानिवृत्त भएपछि भने उनको लेखन-ऊर्जाको मूल फुट्दै गयो । छ-सात वर्षको अवधिमा एउटा कवितासङ्ग्रह राइफलले फलाकेको जिन्दगी तथा तीन वटा उपन्यास राइफलको नालबाट जीवन नियाल्दा, युद्ध एम्बुसमा राइफलको सङ्गीत र राइफलको मुर्छना गरी चार कृति उनले प्रकाशन गरे । उपर्युक्त कृतिहरूम फोकल्यान्ड जर्नल पनि युद्ध साहित्य नै हो, जसमा उनले दक्षिणी आन्ध्र महासागरस्थित एउटा टापुका लागि अर्जेन्टिना र बेलायतबीच सन् १९८२ मा भएको युद्धको विवरण प्रस्तुत गरेका छन् । त्यो युद्धमा गोर्खा फौजले क्रूरता र अमानवीयता प्रदर्शन गरेको थियो भनी ल्याटिन अमेरिकी देशहरूले अद्यापि लगाउँदै आएको आरोप सर्वथा झूटो रहेको उनले सप्रमाण उल्लेख गरेका छन् । एउटा सैनिकका रूपमा आफूसमेत संलग्न फोकल्यान्ड युद्धको यथार्थलाई उनले विश्वसनीय किसिमले प्रस्तुत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *