Sale!
Original price was: ₨ 595.00.₨ 535.00Current price is: ₨ 535.00.
Description
हाम्रा बिहेप्रति बाका केही असहमति जरूर थिए । त्यतिबेलाका बाका असहमति एक न एक दिन मिल्दै जानेछ भन्ने मेरो विश्वास समयक्रममा पुष्टि भयो । मेरो जीवनका सबैभन्दा महत्त्वपूर्ण दुई पुरुषः मेरा बा र केपी सर । मेरा बा, जसबाट म जन्मिएको थिएँ अनि केपी सर, जोसँग म अन्मिएको थिएँ । बाको हात चलुन्जेल केपी सरले लगाउने कोट बाकै हातले सिलाएका हुन्थे । मेरा बाको हातको सीप केपी सरको शरीरमा कोट बनेर सजिन्थ्यो । केपी सरको शरीरमा सजिएको त्यो कोट फगत एउटा कपडा मात्र नभएर ज्वाइँससुराबीच सम्बन्ध र भावनालाई जोड्ने सेतु थियो । बाको शिल्पी केपी सरको शरीरमा सजिंदा बनेको सुन्दरताको परिभाषा केवल मेरा आँखाले मात्र पहिल्याउन सक्थे ।’