Sale!
Description
खोलाको गीत भन्ने कथनमा नेपाली समाजका दुई बिम्बहरू आउँछन् । एक- कसैले नसुनिदिने अर्थात् नबुझिदिने र दुई- लयात्मक । उपेन्द्र सुब्बाको यो कविताकृति ‘खोलाको गीत’मा भने यी दुवै बिम्बहरूलाई एकसाथ भनिएको छ । यस कृतिमा कसैले नसुनिदिएका, नबुझिदिएका जीवन र जगत्का नयाँ फलकहरू छन्, उसै गरी लयात्मक बाँच्नुका किसिमहरू छन् । खास त यस कृतिले मुन्धुम-दर्शनहरूलाई कसिलो गरी बाँधको छ । प्रकृतिसित घुलमिल हुँदै मानिसहरूले निर्माण गरेको समाज, उसै समाजले हुर्काएका मानिसहरूले भोग्ने जीवनका अत्यासलाग्दा दुःखहरूलाई खुसीका माध्यमबाट भन्ने शैलीको नवीन प्रयोगसहित यो कृति उपस्थित, स्थापित छ। आम पाठकहरूले कविता पढ्दै आफूलाई पनि लयात्मक बनाउनै पर्ने हुन्छ । उपेन्द्र सुब्बाको कविता-शक्ति यही त हो।





