Sale!
Description
पुस्तकको पछिल्लो पृष्ठबाट
प्रेम के हो ? प्रेम भनेको कसैलाई बुझ्नु, उसको ख्याल गर्नु, ऊसँग सुखदुःख बाँड्नु हो। अन्ततः यसमा शारीरिक प्रेम पनि समेटिन्छ। तिमी केही कुरा बाँड्छौ, केही कुरा दिन्छौ र बदलामा केही कुरा प्राप्त गर्छौ। तिमी विवाहित वा अविवाहित, आमा वा कुमारी जे भए पनि फरक पर्दैन ।
म मृत्युपछि पनि बाँच्न चाहन्छु। लेख्ने सीप उपहार दिएकोमा ईश्वरप्रति कृतज्ञ छु। लेखनले मलाई अभिव्यक्ति गर्न र आफूलाई विकसित तुल्याउन सम्भव बनाएको छ। लेख्दाखेरि म सबै कुराबाट मुक्त हुन्छु । मेरा दुःख गायब हुन्छन् ।
ममा नयाँ हिम्मत पलाउँछ।





