Description
पछिल्लो बाहिरी पृष्ठबाट
यसरी कालक्रमिक रूपमा नेपालमा पुस्तक र खास गरी पुस्तकालयका • बारेमा सङ्गोपाङ्ग जानकारी प्रस्तुत गरी शीर्षक सार्थक पारिएको नेपालमा पुस्तकालय पुस्तकालयकर्मीहरूका लागि मात्र नभई अक्षरका खेती गर्ने हरेक नेपालीका लागि सङ्ग्रहणीय कृति बन्न पुगेको छ । – प्रा.डा. ध्रुव घिमिरे अरुको इतिहास संकलन, संरक्षण गर्ने पुस्तकालयका पनि आफ्नै उत्पति, विकास या अन्तको इतिवृत्ति हुन्छ । ती इतिवृतिलाई भोला श्रेष्ठको यो पुस्तकले सँगालेको पाइन्छ । – डा. लीला न्याइच्याई सरल नेपाली भाषामा लेखिएको प्रस्तुत कृतिले नेपालको पुस्तकालय अध्ययन गर्न चाहने पाठक, पुस्तकालय तथा सूचना सेवासँग सम्बन्धित विभिन्न प्रतियोगिताको तयारी गर्ने प्रतिस्पर्धी तथा जुनसुकै पुस्तकालयहरूका लागि समेत एउटा खँदिलो सन्दर्भ सामग्री बन्न सक्ने विश्वास लिएको छु । – यादवचन्द्र निरौला




