Description
पुस्तकको पछिल्लो पृष्ठबाट
सुन्दरभन्दा सुन्दर अनुभवहरू आउँदै-जाँदै गरिरहन्छन्। कुनै पनि अनुभवभन्दा अझै धेरै मौलिक अनुभव भित्री मनमा प्रवाहित भइरहन्छन् । यस्तो अनुभवले त्यस रातपछि मलाई कहिल्यै छाडेन ।
कहिलेकाहीं अनुभव निकै तीव्र र घनीभूत हुन्छ । यस्तो लाग्छ, यसलाई स्पर्श गर्न सकिन्छ र अरूले पनि महसूस गर्न सक्छन् । अरू वेला यस्तो अनुभव भित्री गहिराइमा, टाढा बजिरहेको संगीतको सुस्त धुनझैँ बगिरहन्छ ।
पछि अनेक अवसरमा मानिसहरू आएर भन्न थाले, ‘मलाई तपाईसँग भएको जस्तै अनुभव चाहियो। के तपाई मलाई त्यो चीज दिन सक्नुहुन्छ ?’ अथवा, ‘के तपाई मलाई त्यो चीज कसरी प्राप्त गर्न सकिन्छ भनेर बताउन सक्नुहुन्छ ?’
म भन्थें, ‘तपाईसँग त्यो चीज पहिल्यैदेखि नै छ । तपाईको मनले गरेको ठूलो हल्लाका कारण सुन्न नसक्नुभएको मात्रै हो।’
वास्तवमा, यही उत्तर विकसित भएर यस पुस्तकका रूपमा आएको हो, जुन यतिखेर तपाईको हातमा छ।





